aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हिमालयन र बैंक अफ काठमाण्डुलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
हिमालयन र बैंक अफ काठमाण्डुलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट दुई कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएका छन् । हिमालयन बैंक र बैंक अफ काठमाण्डुले साउन १३ गते ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन ।

अनुमति पाएसँगै बैंक अफ काठमाण्डुले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । 

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता ब्यात्तिगत तबरबाट विक्री गर्नेछ । त्यसैगरी हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सबोनबाट अनुमति पाएको हो ।

कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ  भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस