aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सार्वजनिक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।  

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि  लक्षित गरि सञ्चालनमा ल्याएको हो । 

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ । 

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्नेछन भने आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुबिधा प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस