aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई व्युटि पार्लरमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई व्युटि पार्लरमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’s Beauty Parlour and Makeup Studio   मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत  अपूर्व प्रसाद जोशी र Beauty Parlour   का तर्फबाट उक्त कम्पनीका संचालिका श्रीमती रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन ।  

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course  मा 15 % , Beauty  Parlour Service मा  20% ,  Beauty Related Product मा 10%  छुट प्राप्त गर्न सक्नु हुनेछ । 

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस