aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिद्धार्थ  बैंकको ऋणपत्र भदौ ५ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
सिद्धार्थ  बैंकको ऋणपत्र भदौ ५ गतेदेखि

काठमाडौं । सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता संघसंस्थाका लागि निष्कासन गरेको हो ।
सात वर्षे अवधिको यो ऋणपत्र निष्कासनमा छिटोमा भदौ ९ र ढिलोमा असोज ४ गतेसम्म विक्रीमा रहनेछ । २०८३ मा परिपक्क हुने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतान १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रतिऋणपत्र मूल्य  एक हजार तोकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस