
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३३ करोड १७ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा २० दशमलव ३६ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको खुद नाफा २७ करोड ५६ लाख थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २२ दशमलव ५९ प्रतिशत बढेर ९६ करोड ८६ लाख पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ९० प्रतिशत बढेर ५२ करोड १ लाख पुगेको छ ।
समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रहेको छ । बैंकको जगेडा कोषमा ६८ करोड ३२ लाख जम्मा भएको छ । बैंकले २२ अर्ब ४७ करोड निक्षेप संकलन गरेको छ । गत आवमा बैंकले १९ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ८ छ । बैंकको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७३ छ भने प्रतिशेयर नेटवर्थ १२६ दशमलव २१ रहेको छ । बैंकको तलरता अनुपात भने २५ दशमलव ७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस