
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले अस्वभाविक ब्याजको लोभमा परेर लगानी नगर्न आग्रह गरेको छ । मंगलबार एक अपिल जारी गर्दै महासंघले अस्वभाविक ब्याजको लोभमा परेर सहकारीमा लगानी नगर्न भनेको हो ।
महासंघले अस्वभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरुसंग मात्र कारोबार गर्न अपिल गरेको छ । साथै सहकारीहरुले परिस्थिति सहज नहुँदासम्म घरजग्गालगायत अनुत्पादन क्षेत्र एवं ठूलो लगानी नगर्न समेत भनेको छ ।
‘करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न हुन अपिल गरिन्छ’, महासंघले जारी गरेको अपिलमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस