काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा १७ दशमलव २२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ९९ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
गत बर्ष बैंकको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा १७ दशमलव ८१ प्रतिशत कम रू. ३ अर्ब ५४ करोडभन्दा बढी सञ्चालन नाफा गरेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार पु¥याएको छ ।
रिटेन्ड अर्निग अघिल्लो वर्षभन्दा ब८ दशमलव ९७ प्रतिशत कम रू. २ अर्ब ६७ करोड रहेको बैंकको जगेडा कोष रकम शून्य दशमलव ६४ प्रतिशत कम रू. ६ अर्ब ४६ करोड कायम भएको छ ।
बैंकले अघिल्लो वर्षभन्दा १९ दशमलव ४३ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १७ दशमलव ४१ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्ष रू. १ खर्ब ६८ अर्ब ४१ करोड निक्षेप संकलन गरेको हो भने रू. १ खर्ब ४७ अर्व ९९ करोड कर्जा प्रवाह गरेको हो ।
अघिल्लो वर्ष शून्य दशमलव ४८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ७७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. १९ दशमलव १४ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ५० रहेको छ ।
प्रतिक्रिया दिनुहोस