aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राइम कमर्सियल बैंकको नाफा १२.६३ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ साउन २०७९
प्राइम कमर्सियल बैंकको नाफा १२.६३ प्रतिशतले बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा १२.६३ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अधिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी  बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढाएको छ।  बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत र   सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ। नाफा बढेपनि बैंकको प्रतिशेयर ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ। 

प्रतिक्रिया दिनुहोस