aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हिमालयन बैंक र बिओकेको डेढ अर्ब १० वर्षपछि उठ्दै, आजै दावी पत्र पठाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ साउन २०७९
हिमालयन  बैंक  र बिओकेको डेढ अर्ब १० वर्षपछि उठ्दै, आजै दावी पत्र पठाउने

काठमाडौं । हिमालयन र बैंक अफ काठमाण्डू (विओके)को  डेड अर्ब रुपैयाँ उठ्ने भएको छ । १० वर्षपहिला  मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीका लागि राखेको रकम उठ्ने भएको हो । दुई बैंकले चाइनाको सर्वोच्च अदालतमा मुद्दा जितेसँगै डेढ अर्बभन्दा बढी रकम फिर्ता आउने भएको छ । 

शुक्रबार १० वर्षपहिलाको मुद्दामा नेपाली बैंकको पक्षमा फैला भएपछि अब चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले आर्थिकन्युज डटकमलाई जानकारी लिए । बैंक अफ काठमाण्डूले जमानतका लागि करिब १ अर्ब रुपैयाँ  र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेलवेकाका तर्फबाट चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो । दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई चीनकै माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन । 

त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए । बुधबार (आज) दुबै बैंकले आफ्नो पैसा फिर्ता गर्नका लागि दाबी सहितको पत्र पठाउने अध्यक्ष श्रेष्ठले बताए । 
 

प्रतिक्रिया दिनुहोस