aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कृषि विकास बैंकले २ अर्ब ३६ करोडभन्दा बढी खुद नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
कृषि विकास बैंकले २ अर्ब ३६ करोडभन्दा बढी खुद नाफा कमायो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफा करिब २४ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष भने रू. २ अर्ब ६९ करोडभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

गत वर्ष बैंकको इम्पेरमेण्ट चार्ज बढी हुँदा सञ्चालन नाफा १८ दशमलव २३ प्रतिशत घट्न गई खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष १२ करोड १४ लाखभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. २९ करोड ५१ लाखभन्दा बढी भएको हो । जसका कारण अघिल्लो वर्ष रू. ५ अर्ब ३ करोडभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष रू. ४ अर्ब ११ करोडभन्दा बढी मात्र भएको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब ९० करोडभन्दा बढी रहेको छ ।

२० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १३ अर्ब १८ करोड ७९ लाख १५ हजार पु¥याएको बैंकको जगेडा कोष रकम १ दशमलव ८० प्रतिशत कम रू. ११ अर्ब २२ करोडभन्दा बढी कायम भएको छ । बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष २३० प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे १८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले रू. १ अर्ब ७७ करोडभन्दा बढी निक्षेप संकलन गरेको हो भने रू. १ खर्ब ७८ अर्ब ५१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

अघिल्लो वर्ष १ दशमलव ८८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९३ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव २५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस