aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनएमबि बैंकको नाफामा ३६.५३ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
एनएमबि बैंकको नाफामा ३६.५३ प्रतिशत वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले रू. ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६ दशमलव ५३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ७१ करोडभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत वर्ष बैंकको सञ्चालन नाफा भने ३६ दशमलव ४३ प्रतिशत बढी रू. ५ अर्ब २१ करोड भएको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ ।

१२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी रू. १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार कायम गरेको बैंकको रिटेन्ड अर्निग ४ दशमलव ८९ प्रतिशत कम रू. २ अ र्ब ३९ करोड कायम भएको हो । बैंकको जगेडा कोष रकम भने २६ दशमलव ३८ प्रतिशत बढेर रू. ६ अर्ब ४४ करोडभन्दा बढी कायम भएको छ ।

बैंकले अघिल्लो वर्षभन्दा १२ दशमलव ३७ प्रतिशत बढी रू. १ खर्ब ८४ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ भने १६ दशमलव ४१ प्रतिशत बढी रू. १ खर्ब ७५ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव ३७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ३३ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २० दशमलव १५ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस