aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड नाफा आर्जन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड नाफा आर्जन गर्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढाएको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ। 

प्रतिक्रिया दिनुहोस