
काठमाडौं । आजदेखि राष्ट्रिय सहकारी बैंक २० औ वर्षमा प्रवेश गरेको छ । एक कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिक उत्सव मनाउन लागेको हो । सो अवसरमा बैंकले सदस्य संघ संस्थाहरुलाई दिने सेवा तथा सुविधामा थप विकास र विस्तार गरि वित्तीय तथा गैर( वित्तीय सेवाहरु आधुनिक प्रविधि मार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यस बैंकले संस्थागत सुशासन र सदस्यमुखी व्यवहारमा उल्लेख्य प्रगति हासिल गर्दै मुलुकभर रहेका करीव ३० हजार सहकारी संघ र संस्थाहरुको एउटै र आफ्नै बैंकको रुपमा सात वटै प्रदेशमा रहेका ६८ वटा शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट सेवा विस्तार गरेको छ ।
साथै करिव १६ हजार सदस्य सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, सहकारी तालिम शिक्षा दिँदै आएको छ ।
सहकारी क्षेत्रको संरक्षण र सम्बर्द्धनको लागि पहलकदमी जस्ता विविध गतिविधि सञ्चालन मार्फत निरन्तर प्रगतिको पथमा चढ्दै गर्दा आर्थिक वर्ष २०७८÷ ०७९ को असार मसान्तमा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढि शेयर पूँजी सहित कुल सम्पत्ति करिव ६० अर्ब पुयाउन सफल भएको बैंकले जनाएको छ ।
बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेको जनाएको छ । बैंकको आन्तरिक सवलीकरण तथा सुशासन, नविनतम प्रविधिको प्रयोग, अन्तराष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत सहकारी संघ संस्थाको दिगो विकासमा टेवा, सहकारीहरुको आन्तरिक सवलीकरण र व्यावसायिक सफलताका लागि बैंकको वित्तीय तथा गैर(वित्तीय सेवाहरुमा विविधीकरण, सहकारी शिक्षा तथा तालिम संचालन, सहकारी स्तरोन्नतीका लागि स्तरीकरण कार्यक्रम गरेको छ ।
साथै विविध कार्यक्रम संचालन तथा प्रादेशिक रुपमा सहकारीको संस्थागत विकास कार्यक्रम, सहकारी संघहरुको सवलीकरण, सरकारी नीति तथा कार्यक्रममा तीन वटै तहका सरकारहरुसँग सहकार्य गर्दै राष्ट्रको विकास तथा संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य प्राप्तीमा सहकारी क्षेत्रको भूमिका तथा योगदानमा उल्लेख्य वृद्धि गर्ने गरी बजेट तथा कार्यक्रम विकास गरिएको बैंकले जनाएको छ ।
आर्थिक नीतिका ३ खम्बा मध्येको सहकारी क्षेत्रको विकासमा यस बैंकले आफूलाई समाहित गर्दै आएको छ । कोभिड ( १९ मा परेको असर तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावबाट देशको आर्थिक क्षेत्रमा देखा परेको समस्यामा पनि विचलित नभई सदस्य सहकारी संघ संस्थाहरुलाई सहजसेवा उपलब्ध गराउन बैंक सफल भएको छ । यससँगै आर्थिक क्षेत्रमा पर्न सक्ने थप असरलाई कम गराउन सहकारी अभियान सहितका निकायहरु सजग रहन आव्हान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस