
काठमाडौं–ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा साम्सरा रेमिटलाई रेमिट सेवाको लागि प्रमुख प्रतिनिधि नियुक्त गरेको छ।
श्रावण २९ गते ज्योति विकास बैंक र साम्सरा रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा साम्सरा रेमिटको तर्फबाट साम्सरा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको सेवा ग्राहकहरुले साम्सरा रेमिटको मुलुकभर भएका कुनै पनि उप( प्रतिनिधिमार्फत प्राप्त गर्नेछन् । हाल साम्सरा रेमिटको मुलुकभर ६००० भन्दा बढी उप( प्रतिनिधिहरु रहेका छन्।
हाल ज्योति विकास बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु २९.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु २५.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस