aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नबिल बैंकको नाफा ९.८३ प्रतिशत वृद्धि, लाभांश दिन सक्ने क्षमता कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
नबिल बैंकको नाफा ९.८३ प्रतिशत वृद्धि, लाभांश दिन सक्ने क्षमता कति पुग्यो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू. ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा ९ दशमलव ८३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको इम्पेरमेण्ट चार्ज करिब १५ प्रतिशत घटेको छ । अघिल्लो वर्ष रू. ८२ करोड ७५ लाखभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ७० करोड ९६ लाखभन्दा बढी मात्र रहेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा १३ दशमलव ९८ प्रतिशत बढी रू. ७ अर्ब ९ करोड भएको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ ।

गत वर्षको ३३ दशमलव ६ प्रतिशत बोनस शेयर वितरण गरेको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गरेको छ । प्राप्तीपश्चात् बैंकको चुक्तापूँजी रू. २२ अर्ब ८३ करोड २९ लाख ९ हजार कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६८ दशमलव ११ प्रतिशत बढी रू. २६ अर्ब ३७ करोडभन्दा बढी छ । शेयर प्रिमियममा रू. १ लाख ७६ हजार रहेको बैंकको रिटेन्ड अर्निग रू. ३ अर्ब ३७ लाखभन्दा बढी छ ।

बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष करिब ४६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ५२ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. ३ खर्ब २६ अर्ब २२ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले रू. ३ खर्ब १ अर्ब ७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

अघिल्लो वर्ष शून्य दशमलव ८४ प्रतिशत रहेको नबिलको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ५४ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ८८ रहेको नबिलको प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस