aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले नाफामा छलाङ मार्यो, निजी क्षेत्रका बैंकलाई चुनौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
राष्ट्रिय वाणिज्य बैंकले नाफामा छलाङ मार्यो, निजी क्षेत्रका बैंकलाई चुनौति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशतले बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

प्रतिक्रिया दिनुहोस