aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सांग्रिला डेभलपमेन्ट बैंकले रू. ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. ४१ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ४५ दशमलव २९ प्रतिशत बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ४६ दशमलव ६९ प्रतिशत बढी रू. ८६ करोड ४६ लाख भएको कम्पनीको वितरणयोग्य नाफा भने रू. ३४ करोड ८६ लाखभन्दा बढी रहेको छ । कम्पनीले गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६ लाख ६९ हजार पु¥याएको छ भने जगेडा कोष रकम रू. ९० करोड १६ लाखभन्दा बढी छ । 

निक्षेप संकलन अघिल्लो वर्षभन्दा १६ दशमलव ६९ प्रतिशत बढी रू. ४८ अर्ब ७७ करोड रहेको कम्पनीको कर्जा प्रवाह रू. ४० अर्ब ८४ करोडभन्दा बढी छ । अघिल्लो वर्ष १ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९८ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ५२ छ ।

प्रतिक्रिया दिनुहोस