aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ६४ करोड बढि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ६४ करोड बढि

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६४ करोड रुपैयाँ भन्दा बढि नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २८.१० प्रतिशत बढी नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उक्त वित्तीय विरण अनुसार यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ। बढेको छ। हाल बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशतले बढेको छ। 

प्रतिक्रिया दिनुहोस