aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा करिब ११ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
मितेरी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा करिब ११ करोड

काठमाडौं । गत आर्थिक वर्षको चोथो त्रैमाससम्म मितेरी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा रू. १० करोड ९५ लाखभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ५ दशमलव ५१ प्रतिशत बढी रू. १५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सो अवधिसम्म रू. १४ करोड ५६ लाखभन्दा बढी थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ५ दशमलव ३१ प्रतिशत बढी रू. २१ करोड ९५ लाख भएको छ । 

१३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ९० करोड ३४ लाख पु¥याएको कम्पनीको रिटेन्ड अर्निग रू. १४ करोड ५९ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २५ करोड ४३ लाखभन्दा बढी कायम भएको छ ।

कम्पनीले अघिल्लो वर्षको भन्दा गत वर्ष ११ दशमलव ३४ प्रतिशत बढी रू. ६ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ भने ७ दशमलव ६० प्रतिशत बढी रू. ४ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर शून्य दशमलव ९० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव शून्य १ र प्रतिशेयर नेटवर्थ रू. १४४ दमलव ३१ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस