aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

तत्कालका लागि बैंकको ब्याजदर नबढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
तत्कालका लागि बैंकको ब्याजदर नबढ्ने

काठमाडौं । नेपाल बैंकर्स संघले यो महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएको  छ । संघको आज बसेको बैठकले साउन महिनाको बिचबाट व्याजर बढाउने वा घटाउने गर्ने निर्णय भएको संघका अध्यक्ष अनिलकुमार उपाध्ययले आर्थिकन्युज डटकमलाई बताए ।

 उनले भने, ‘राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्थालाई आधार मानेर व्याजदर परिवर्तन गर्न पाइन्छ ।’  निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता भएता पनि महिनाको बीचबाट ब्याजदर नबढाउने निर्णय भएको उनले बताए ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ  । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्ययले भने, ‘अर्को महिनादेखि भने ब्याजदर बढाउदा वा घटाउँदा महिनाको अन्तिम वा शुरुबाट लागू गर्ने निर्णय भएको छ । ’
 

प्रतिक्रिया दिनुहोस