
काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्षको चौथो त्रैमासमा ४.८६ प्रतिशतले नाफा बढाएको छ। बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी २३ प्रतिशत, सञ्चालन आम्दानी गत वर्षभन्दा १४ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको वितरणयोग्य नाफामा १ अर्ब ३० करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ५.८३ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ९।२८ प्रतिशतले बढाएको छ।
प्रतिक्रिया दिनुहोस