aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ साउन २०७९
सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

काठमाडौं । सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ।  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ नाफा मात्रै कमाएको थियो । बैंकले गत आर्थिक वर्षमा  जुन १६२ प्रतिशतले धेरै हो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ छ। भने बैंकले खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन आम्दानीान ४२ प्रतिशतले बढाएको छ। गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ६.६१ प्रतिशतले बढाएको छ  । बैकको ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । 

प्रतिक्रिया दिनुहोस