
काठमाडौं । मेगा बैंकले गत वर्षको अन्तिम त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। बैकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१.७८ प्रतिशतले नाफा बढाएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ कमाएको थियो ।
बैंकको नाफा सँगै वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी २ प्रतिशत, निक्षेप संकलन १२.१२ प्रतिशत र कर्जा लगानी ७.५९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस