aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग गरेको छ । बैंकले काठमाडौंको सुकेधारा स्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्सी हस्तान्तरण गरेको हो । 

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरि भक्त सिग्देल र बैंकका  नायब प्रमुख प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको जनाएको छ । 

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ  । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस