aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

महालक्ष्मी बैंकको डबल बोनान्जा मुद्दती खाता सार्वजनिक: ७० महिनामै रकम डबल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
महालक्ष्मी बैंकको डबल बोनान्जा मुद्दती खाता सार्वजनिक: ७० महिनामै रकम डबल हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । 

१० हजार रुपैयाँमा नै  मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोल्नु भएकाहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस