aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । 

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ प्रति महिना गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिनेछ । 

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस