
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक अन्य बैंकभन्दा मुानाफाका आधारमा सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गर्दै नम्बर एक बैंक बन्न पुगेको होे।
सरकारी स्वामित्वको सो बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंक एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षमा एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। ९ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ गरेको छ।बैंकको सीडी रेसियो ७२.७८ प्रतिशत छ । कस्ट अफ फण्ड ३.५२ प्रतिशत रहेको बैंकको स्प्रेड दर ४.४६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ५९.२४ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस