aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवाकाे शुभारम्भ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवाकाे शुभारम्भ

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरी कम्पनीहरुले उक्त कार्ड सेवाको शुभारम्भ गरेका हुन् । 

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा समान खरिद गर्ने खरिदकर्ताहरुलाई आवश्यकता पर्ने बैंकले जनाएको छ ।  हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित रहेको बैंकले बताएको छ । उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्ने बैंकको दावी छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससंग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरे । उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्नेछ ।

अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरुको सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताएकी छिन् । दुबै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउने जनाएको छ ।

यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसंग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्नेछन् । उच्च शिक्षा अध्ययनको लागि पनि यहि समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्नेछ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा ३ हजार रुपैयाँ प्रति वर्षसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । त्यसै गरी हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा २ हजार ४ सय  प्रति वर्षसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । 

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलका तर्फ बाट १ रात निःशुल्क प्राप्त गर्न सक्ने छन्, युनाइटेड कलरस् अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्मा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै यस कार्ड प्रयोगकर्ताहरुले संसारभरीका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन् । www.rentalcars.com बाट बुकिङ्ग गर्दा १० प्रतिशत ५ छुट र एभिस कारस्मा बुकिङ्ग गर्दा १५ प्रतिशत  सम्मको छुट प्राप्त गर्न सकिने छ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशत, मिसियोमा ३३ प्रतिशत र www.booking.com मा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिने जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस