
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष वित्तीय विवरणअनुसार बैंकको नाफा ६.६६ प्रतिशतले गिरावट आएको हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। तर, गत आवमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ। । बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ रहेको छ । १० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजीबाट १२ अर्ब ८६ करोड रुपैयाँ पुगे पनि बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँले घटेको छ। साथै जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेको छ। बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
प्रतिक्रिया दिनुहोस