aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्राइम कमर्सियल बैंकले  ३७ प्रतिशत नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
प्राइम कमर्सियल बैंकले  ३७ प्रतिशत नाफा बढायो

काठमाडौं । प्राइम कमर्सियल बैंकले  गत आर्थिक वर्षमा आफ्नो नाफामा भारी वृद्धि गरेको छ । बैंकले  गत आवमा २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गर्दै गरी नाफाको आकार बढाएको हो । बैंकले अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष  बैंकले  १ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । 
बैंकको गत गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा  भने १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।  प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३८ पैसा र नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको बैंकले बैंकका रिजर्भ फन्डमा २ अर्ब ६० करोड ९४ लाख  रुपैयाँ जम्मा गरेको छ ।

प्रतिक्रिया दिनुहोस