
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी कमर्सियल बैंकको नाफा घटेको छ । बैंकले गत आर्थिक वर्ष ८६ करोड ८ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले अघिल्लो आवमा ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २३ पैसा र प्रतिशयर नेटवर्थ १२० रुपैयाँ ८ पैसा रहेको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । ५७ अर्ब निक्षेप संकलन गरेर बैंकले ५६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस