
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा एक चौथाईले बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २४.६१ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष बैंकले बैंकले १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएकाले खुद नाफा सुधार भएको हो । एनएमबि बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ४९ पैसा रहेको छ । बैंकले गत आवमा ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ।
प्रतिक्रिया दिनुहोस