aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुक्तिनाथ विकास बैंकले सवा अर्ब नाफा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
मुक्तिनाथ विकास बैंकले सवा अर्ब नाफा गर्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब १३ करोड निक्षेप संकलन गरी ३७ अर्ब ९५ करोड कर्जा लगानी गरेको  छ । यस अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । 
बैंकले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी २७.८४ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस