aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गर्नुभएको छ । 
त्यसक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिवृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताउनुभयो । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले  यस बैंकलाई नियालिरहेको बताउनुभयो । 
उक्त सम्झौता भएपश्चात आव २०७६÷०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने छ ।
 
 

प्रतिक्रिया दिनुहोस