
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा दुई सहकारीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले साउन २९ गतेसम्म दुई वटा बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । केन्द्रका अनुसार कालोसूचीमा परेका सहकारीहरुमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था र जनमिलान बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
केन्द्रले साउन ६ गते जनमिलान बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । उक्त सहकारीका सञ्चालकहरुमा लोक बहादुर थापा, रोशनी थापा श्रेष्ठ र सन्दिप कुमार गुरुङ रहेका छन् । त्यस्तै, कालालोसूचीमा परेको अर्को सहकारी जय हनुमान बचत तथा ऋण सहकारी संस्था हो । यस सहकारीका सञ्चालकहरुा रविन कुमार थापा र राम बहादुर खड्का रहेका छन् । केन्द्रले साउन ६ गते उक्त सहकारीलाई कालोसूचीमा राखेको हो ।
प्रतिक्रिया दिनुहोस