aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

रेमिट्यान्स भित्र्याउन आइएमईले ल्यायो  ‘घण्टी बज्यो’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
रेमिट्यान्स भित्र्याउन आइएमईले ल्यायो  ‘घण्टी बज्यो’ अफर

काठमाडौँ। आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन्  ।   

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ  ।

हाल कम्पनीले २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 

साथै ‘आइएमई पे ’ झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । 

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर कोड मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।   

साथै ‘आईएमई पे ले मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध गराउदै आएको छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता रहेको कम्पनीले प्रेस–विज्ञप्ती जारि गरी  जनाएको छ  । 
 

प्रतिक्रिया दिनुहोस