aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कामना सेवा विकासको निक्षेपमा ४५ तथा कर्जामा ५२ प्रतिशतको छलाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
कामना सेवा विकासको निक्षेपमा ४५ तथा कर्जामा ५२ प्रतिशतको छलाङ

काठमाडाैं । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आ.व. २०७४-०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ । 

साथै कर्जा तर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी २०.१८ अर्ब रुपैयाँ लगानी गरेको छ । २.५४ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५०.३८ करोड रुपैंयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८.७७ करोड रुपैयाँ पुगेको छ भने गत आ.व. मा बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल ०.९० प्रतिशत कायम गर्न सफल भएको छ । 

आ.व. २०७५-०७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ । 

बैंकले आ.व. २०७५-०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा ए.टि.एम सञ्चालनमा ल्याउनुकासाथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता प्रोडक्टहरु उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस