
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी १ लाख २३ हजार ४०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउँनेछ ।
यो आइपीओ छिटोमा भदौ १२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २२ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ करोड ६८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. ४ करोड कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस