
काठमाडौ । ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ५० करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २९ करोड ६२ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले नाफा ४० दशमलव ७५ प्रतिशतले बढाएको छ । गत आ बको तेस्रो त्रेसामसमा मात्र यो नाफा बढाएको हो । गतवर्षकोभन्दा ६८ प्रतिशतले नाफा वृद्धि गरेको बैंकले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
ज्योति विकास बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४२ पैसामा वृद्धि भई १६ रुपैयाँ १३ पैसा पुर्र्याएको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १११ दशमशलव शून्य ७ बाट बढेर १२७ दशमलव २८ रुपैयाँ पुगेको छ ।
त्यस्तै निक्षेपतर्फ अघिल्लो वर्ष १९ अर्ब ५५ करोड ४२ लाख ६७ हजार रुपैयाँबाट वृद्धि गरी यस वर्ष २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँमा पुर्याएको छ । बैंकले स्पेड दर ५ दशमलव १५ प्रतिशतबाट घटाएर ४ दशमलव ९४ प्रतिशत कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस