aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

चार हप्तामा एक खर्ब २० अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
चार हप्तामा एक खर्ब २० अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि नै वाणिज्य बैंकहरुमा निक्षेप घट्दो क्रममा रहेको छ । गत असार महिनाको ३२ गतेदेखि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउन २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक खर्ब २० अर्ब रुपैयाँले घटेको हो । 

गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा सिमित बनेको छ । यस चार हप्ताको अवधिमा एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको हो ।  

असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना साउन महिनाको ६ गतेसम्म वाणिज्य बैकहरुले ४१ अर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह साउन १३ गतेसम्मको अवधिमा एक अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सिमित बनेको थियो । 

तर, त्यसयता भने कर्जा प्रवाह बढेको देखिन्छ । साउन १३ गतेदेखि २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा ११ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सिमति बनेको संघको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस