
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले १ः १ को अनुपातमा शेयरधनीहरुलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बैंकले उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सोमबार ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल उक्त बैंकको अधिकृत पुँजी ५३ करोड रुपैयाँ र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ ।
प्रतिक्रिया दिनुहोस