aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रकृया अघि बढाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने प्रकृया पुरा गरेको छ । सोमबार कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच विक्री प्रबन्धक नियुक्तीको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० को आधरमा  १ बराबर १ को अनुपातमा प्रतिकित्ता अंकित मुल्य रू. १०० अंकित दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । नारायणी डेभलपमेन्ट बैंकको अधिकृत पुँजी रू. ५३ करोड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ । 

हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखाकार्यालयहरु सञ्चालनमा रहेका छन् । कम्पनीले यस अघि पनि शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले २०७८ साल पुस ७ गतेदेखि माघ १२ गतेसम्म साविकको चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार ८०० को आधारमा १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस