aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षले लिए शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षले लिए शपथ

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञावलीले पद तथा गोपिनयताको सपथ लिएका छन् ।  श्रावण २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन । 

बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै गर्भनर अधिकारीले बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । 

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त     गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना तिम्सिना र  बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक  मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा.सावित्री रञ्जित श्रेष्ठ,  विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस