
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक तर्फको ३९ हजार ९९१ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्युमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर भदौ ८ गतेसम्म विक्री खुला गर्न लागेको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४५ तोकिएको छ । खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस