
काठमाडौं । सहकारी विभागले विना योजना खोलिएका वा घाटामा चलेका सहकारीका शाखा बन्द गर्न निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
यसकासाथै विभागले उक्त सूचना मार्फत कर्मचारीहरुको बोनस र सञ्चालकहरुको सुविधा कटौतीगर्न समेत निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ–सञ्चालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म शेयर लाभांश र कर्मचारीहरुको बोनस कोषको रकम वितरण नगर्ने, सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च कटाउने, विना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु बन्द गर्नु ।
विभागले सूचना मार्फत सहकारी संस्थाहरुलाई दीर्घकालिन स्रोतको सुनिश्चितता नगरी कर्जा लगानी नर्गन निर्देशन दिएको छ । ‘मौद्रिक नीतिले निजीक्षेत्रतर्फ कर्जाको वृद्धिद्धर १.६ प्रतिशत प्रक्षेपण गरेको सन्दर्भमा सहकारी संस्थाहरुले दीर्घकालिन श्रोत सुनिश्चित नगरी कर्जा लगानी नगर्ने । कर्जा लगानी गर्दा तत्काल प्रतिफ प्राप्त हुुने स–साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुको सकेसम्म कर्जा लगानी नगर्ने’, उक्त सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस