aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्ट एक्स्पी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्ट एक्स्पी’

काठमाडौं । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।   

एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ ।

यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।  नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।  साथै सिदार्थ बैंकस्मार्टएक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस