aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

काठमाडौं । आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका हुन् ।  

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । 
    
 

प्रतिक्रिया दिनुहोस