aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार कुमार गौतम पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ भदौ २०७९
बैंकिङ कसूर मुद्दाका फरार कुमार गौतम पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं जोरपाटी बस्ने अर्जुन भन्ने ३८ वर्षीय अरूण कुमार गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको गत असार ६ गतेको फैसलाले बैंकिङ कसूरमा ८ लाख ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर बालकोटबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।                                                                                  
 

प्रतिक्रिया दिनुहोस