
एजेन्सी । विश्व बैंकले २०२१ को लागि ग्लोबल फाइन्डेक्स डाटाबेस जारी गरेको छ । १२३ देशमा गरिएको सर्वेक्षणले पछिल्लो १० वर्षमा भारतमा बैंक खाताको दर विश्वको तुलनामा दोब्बर भएको खुलासा गरेको छ । २०२२ र २०२१ को बीचमा, विश्वमा बैंक खाताहरू २३ प्रतिशतले बढेको छ । २०१७ मा विश्वमा ४६७ मिलियन खाताहरू मध्ये, ३८१ करोड मात्र भारतका छन् ।
पछिल्लो दशकमा भारतमा ३५ प्रतिशतबाट २०२१ सम्ममा आउँदा ४२ प्रतिशत वृद्धि भएर ७७ प्रतिशत बैंक खाता खोल्ने पुगेका छन् । दक्षिण अफ्रिका दश १० वर्षपहिला ५४ प्रतिशत रहेकोमा १० वर्षपछि ३१ प्रतिशतले वृद्धि भएर ८५ प्रतिशत बैंक खाता खोल्ने पुगेका छन् ।
ब्राजिलमा सन २०११ मा ५६ प्रतिशतले बैंक खाता खोलकोमा २०२१ मा आइपुग्दा ८४ प्रतिशत बैंक खाता खोल्ने जनसंख्या पुगेको छ । चीनमा १० वर्षअघि ६४ प्रतिशत रहेकोमा २०२१सम्म आउँदा ८९ प्रतिशतको बैंक खाता पुगेको छ । त्यस्तै बंगलादेश बैंकमा ३२ प्रतिशतबाट बढेर ३८ प्रतिशत पुगेको छ । सबैभन्दा कम पाकिस्तानमा १० वर्षपहिला १० प्रतिशत मात्रै बैंक खाता खोल्ने मानिस रहेकोमा सन् २०२१ सम्म आइपुग्दा १६ प्रतिशतले मात्र बैंक खाता खोलेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस