aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सी अर्गनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे । 

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम्  अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ । 

साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस